जय र पराजयबाट अतिबादको विजय


parashuram_yadav

परशुराम यादव
जयले अहमता र पराजयले हिनता वोध जन्माउँछ र दुवैचाँहि शान्तिका दुशन हुन् । नेपालको बिभिन्न कालखण्डमा शान्तिको गीत गाए पनि दिगो शान्ति कायम हुन सकेन । राजा पृथवीनारायण शाहको शासन पछि कहिले राजपरिवार कहिले भाई भरदार त कहिले आमजनमानस बीचको झगडा भई नै रहयो, जसको परिणम स्वरुप हामी गरिब देशको सुचीबाट कहिले पनि माथि उठन सकेनौं । सुखशान्ति र समबृद्ध चुनावी नारामा मात्र सिमित रहयो ।

 

यिनै सपनाका खातिर देशमा ठूलठूला राजनीतिक परिर्वतन भए, सुखशन्तिकालागि हजारौं सर्वसाधारणले बलीदानी दिए,तर नागरिकले महसुस गर्ने गरि कुनै उपलव्धी प्राप्त गर्न सकेनन् । नेपालको प्रचिन एवं मध्य इतिहास राजा र राणाको वरिपरी घुम्दै राणाशासनको अन्त पछि केही खसआर्यहरुको हातमा शासन शत्ता पुगेकोछ । देशका अधिकांश नागरिक राज्यको मूलधारमा पुग्न सकेका छैनन् । बहुसंख्यक नागरिक राज्यको मुलधार भन्दा बाहिर राख्ने काम भएको छ । जसको परिणाम स्वरुप प्रजातन्त्रको प्राप्ती पश्चात पनि ठूलठूला अन्दोलन र बिद्रोह भएका छन र त्यसलाई मत्थर पर्ना समझौतहरु पनि भएका छन् । तर शासकवर्गले कार्यन्वय गर्ने इच्छा शक्ति देखाएनन् ।

 
नेपाल संघिय लोकतन्त्रीक गणतन्त्र घोषणा भए पश्चात नागरिकमा पलाएको आश नयाँ सम्बिधान घोषणा संगै बंचितीकरणमा परेका समुदायलाई निराश बनाएको छ । परिर्वतनकालागि संगैलडेका मधेशी, जनजाती, दलित र अन्य अल्पसंख्यक समुदाय बिद्रोही भएका छन । संर्घषको घोषणा गरि अन्दोलनमा छन । आफनो बिचार, शासन शत्ता लादनकोलागि देशका जिम्मेवार पार्टीहरु राष्ट्रियताका बिभिन्न नाराहरु दिदै जनमत जुटाउने काम भएकोछ । नेकप( एमाल)ेले देशमा भएको स्थानिय निर्वाचनमा राष्ट्रवादको आडँमा ठूलो दल बन्न सफल भएकोछ ।

 

कग्रेसको ढुलमुले पाराले दोस्रो स्थान प्राप्त गरेको छ, भने माओवादी र मधेशबादीहरुले पराजयको सामाना गर्नु परेकोछ । देशको राजनीतिको सतही मूल्यांकन गर्दा एमालेको अतिबादी राष्ट्रवादको विजय भएको छ । देशका धेरै जनता उग्रराष्ट्रवादको पक्षमा मत दिएका छन । एकहिसावले मधेशप्रतिको एमाले नीतिले बैधता प्राप्त गरेको देखिन्छ । एमालेजनहरु विजयमा व्यवस्त छन । संसदमा पेश भएको संबिधान संसोधन बिधयकमा मधेशको माग पुरागर्ने ठोस आधार नदेखिए पनि त्यसमा एमालेले ठाडैं अस्वीकार गर्नु देशको दुखद पक्ष नै हो । मधेशबादी शक्तिहरुबीच मतभेद गराई ६ प्रदेशमा निर्वाचन गराउन सफल भएको सरकारले जगजितेको जस्तो हौसिएको छ । मधेशका ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी निर्वाचनमा भाग लिन सकेन । उसका केही कार्यकर्ताहरु भाग लिएपनि स्वतन्त्र वा अन्य दलको चिन्ह लिएर भाग लिएका छन । संबिधानलाई सर्वस्वीकार्य बनाई सवै भाषा, क्षेत्र, समुदाय र जातजातीलाई देशको मूलधारमा ल्याउनुको सट्टा भएका मूलधारमा रहेको समुदायलाई पनि निर्वाचनबाट बंचित गराउनु लोकतन्त्रको उपहास हो । निर्वाचनले जस्तोसुकै परिणाम देखाए पनि मधेशले अधिकांश क्षेत्रमा बिभेदको सामना गरेको छ । मधेशका ८० प्रतिशत भन्दा बढी नागरिक मधेश मुद्दाको पक्षमा छन । काग्रेस, एमाले वा माओबादीमा लागेका नेता तथा कार्यकर्ताहरु निहीत स्वार्थका कारणले बोल्न नसकेको हुनसक्दछ तर मुद्दामा फरक मत कमैको होला । मधेशले स्वयत्तता पाउनुपर्ने कुरामा कसैको पनि बिमती छैन ।

 

एक बर्ष लामो चलेको मधेश अन्दोलन कुनै निष्र्कष बिन नै टुङगिंनु र आफना नेताहरुको बोली व्यवहारमा व्यापक बदलाव आउनु तथा एक आपसमा व्लेम गेममा फसनुलेनै मधेशी युवा तथा बुद्धिजीवीहरुले मांसिक रुपमा पराजयको महसुस गरिरहेका छन । निराश मानिसले कहिले पनि आफना निशासा छोडदैन, आफना मागलाई पुरा गराउन बैकल्पीक मार्गको खोजीमा रहिरहन्छ र मार्ग पाएपछि त्यही बाटो समात्छ । मधेशमा सि.के.राउतले स्वराज अभियान जोडतोडका साथ चलाउदै आएकोछन र त्यसको प्रभाव पनि बढदै गएको देखिन्छ । अहिलेको निर्वाचनमा उनले पनि केही वोट पनि पाएका छन । मधेशको प्रत्येक चौकचौराहामा स्वराज अभियानको चर्चा हुन, अधिकांश युवाहरुको मुखबाट जयस्वराज सुन्न पाउँनु यसका संकेतहरु हुन । यसरी पहाड र पहाडी समुदायमा उग्रराष्ट्रवादी सोच र मधेशमा मधेश अलग राष्ट्रय निर्माण गर्ने स्वराजी सोच दुवै अतिबाद हुन । स्थानीय निर्वाचनले दुवैलाई बढावा दिएको छ र यसपछि पनि समस्या समाधान नगरि गरिने कुनैपनि राजनैतिक प्रगतीले थप समस्याको सृजना गर्दछ ।

 

लोकतन्त्रमा मतभेद हुनु स्वाभावीक हो, मतभेदलाई अपसमा छलफल गरेर मिलाउन सकिन्छ तर मनभेद भयो भने चित्त फाट्छ, र जोडन कठिन हुन्छ । संबिधान जारी नगर्दासम्म मधेश भित्र मतभेद थियो तर जवरजस्ती संबिधान जारि गरेर दिपावली मनाउदा मतभेद मनभेदमा परिणत भएको छ । मधेश र पहाडबीच बैचारिक बिखण्डन नहुनुपर्ने, हो तर भयो । यसलाई हाम्रा राजनीतिकर्मीहरुले रोक्न सक्दथे तर प्रयास गरेनन । अव भौतिक बिखण्डनको सवाल पनि उठी सकेकोछ र यसलाई पनि नजरअन्दाज गरियो भने फुर्सदमा पछुताउनु बाहेक केही पनि गर्न सकिदैन् । नेपालका राजनेताहरुले एकपटक पकिस्तानको ईतिहास बुझ्न जरुरी छ । पश्चिमी पाकिस्तानबाट पूर्वी पकिस्तान अलग भई बंगला देश बनेको घटनालाई अत्यन्तै दुर्भाग्यपूर्ण भन्दै डा.जावेद इकवालले पश्चिमी पाकिस्तानका नेताहरुलाई अदुरदर्शीको सज्ञा दिएका छन । दुरभाग्यपूर्ण घटनाको अध्ययन गरि घटनाको कारण तथा शासकवर्गले निर्वाह गर्न नसकेका दायित्वलाई विश्लेषण गरका छन, जसबाट नेपाल र नेपालका शासकबर्गले पनि धेरै पाठ सिक्नसक्ने देखिन्छ ।

 

स्वयत्ताको माग गदै उठेका समान्य अन्दोलन अलग राज्य निर्माणको परिणाम ल्याएर अन्त भयो । देशको बिखण्डन शासकबर्गमा रहेको राजनैतिक महत्वकक्षा र नेतृत्वले समयमा सही निर्णय लिन नसक्नुको परिणाम भएको तथ्य अध्ययताले औंल्याएका छन । हालसम्म विकास भएको हरेका घटन पछाडि जय र पराजयले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन । देशलाई केन्द्रबिन्दुमा राखेर सवै जातजाती, भाषाभाषी तथा बर्ग र समुदायलाई जिम्मेवार बनाउन सक्यो भने समस्याको दिगो समाधान हुन समय लाग्दैन ।
कपिलवस्तु

सम्बन्धित लेखहरु

 क्याटेगोरीः