साईकल मैत्री शहर, यहि हो हाम्रो रहर


रत्नराम श्रेष्ठ
२०६७ साल कार्तिक १४गते संरक्षणविद ,वातावरणविद तथा साईकलप्रेमी डा.प्रल्हाद योंजन सदा झै आफ्नो घरबाट काममा जाने क्रममा बल्खुमा एक आततायी ट्रकले ठक्कर दिएर मृत्यु भएको थियो ! त्यसको केहि दिनमा ऊहाँलाई श्रदान्जलि दिन विश्व साइकलयात्री पुश्कर दाईको नेतृत्वमा हामी साईकलप्रेमीहरुले मौन जुलुस निकालेका थियौ । त्यस साइकल जुलुस र्यालीको लागि मैले आफैले राती अबेरसम्म ३५/ ४०् प्ले कार्डहरुमा थुप्रै नारा , स्लोगानहरु लेखेको थिएँ । त्यस मध्य एक थियो ” साइकल मैत्री शहर , योंजन दाई र हाम्रो रहर ” ! यो सपना मैले ,हामीले त्यति खेरै देखेका थियौं । तर त्यस सपनाको पछाडि हामी कति अनवरत लागि रह्यौ त ? झनै असुरक्षित सडकहरुमा अझै पनि कयौ साइकल यात्री, व्हिलचेएर यात्रीहरु रहर होस् या करले दौडीरहेका छन्, तर यस बिचमा थुप्रै साइकल साथीहरु , मोटरसाइकल र कारहरुमा बिलाए त कयौ नयाँ साइकल साथीहरु सडकमा ऊदाए । तर साइकलयात्रीका मुल समस्याहरु जुन काठमाण्डौका आफ्नै विकराल समस्याहरु मध्ये एक थियो , कहिले सम्बोधन हुन सकेन । भए पनि उधारोमा !


यहाँ स्थानीय चुनाव सँगै हाम्रा , यस शहरहरुका प्रमुख आवश्यकता नै थियो ,छ र रहनेछ ” साईकल मैत्री र व्हिल चेयर मैत्री शहर” । यी मुद्दाहरुलाई ऊठान गर्न सक्नु , हालका मेयर विद्या सुन्दर शाक्यले साईकल संबन्धि छुट्टै घोषणापत्र निकाल्न लगाउनु र हाल काठमाण्डौ महानगरपालिकाको प्रथम नगर सभामा यस बर्षको नीति र कार्यक्रममा सडक साइकल सँजाल निर्माण र पशुपतिदेखि टेकुसम्म ,बागमति किनारमा साईकल लेन बनाऊने घोषणा गर्नु ठुलो सफलता हो , हामी सबै साईकल प्रेमीहरु, वातावरणप्रेमीहरु, व्हीलचेयर यात्रीहरुको ।

 

तर यति गर्दैमा पुग्दैन किनकि काठमाण्डौको वातावरण र ट्राफिक समस्या बिकराल छ । यसको प्रमुख रुपमा संबोधन साईकल सँस्कृतिले नै गर्दछ ! त्यसैले यस कासर्यको लागि बिशेष रुपको ‘साइकल बोर्ड ” गठन गर्नु पर्छ। जसले नीतिगत रुपमा, स्ट्राटजिक रुपमा , भविष्यसम्मको लागि साइकल सिटिको अवधारणा कसरी लाने हो अध्ययन र कार्यान्वयन गर्न भुमिका खेलोस् । यस बोर्डको निर्माण छिटै हुने केहि दिन अघि मात्र मलाई संबन्धित पक्षले खबर गरेको छ । आआौ निर्माणको यस घडिमा सबै साइकलप्रेमीहरु, वातावरणप्रेमीहरु र व्हिलचेयर यात्रीहरु एक हौ।

 क्याटेगोरीः