शिक्षण पद्धति र शिक्षा कता दौड्दै छ?


बालकृष्ण माबुहाङ

आजका दिन सम्म हामी पश्चिमी शैक्षिक प्रणालीमा निर्भर छौँ। गाउँका गुरुकुल पाठशालाहरू थोत्रिँदैछन् । अपितु नेपालको शिक्षा नीति ब्राम्हण जाति, संस्कृत भाषा, र गुरुकुल संस्कृतिबाट निर्माण गरियो, जसले सैयौँ अरू भाषा संस्कृतिलाई चाँदे लायो। संस्कृत शिक्षाको सर्वत्र विरोध खास गरी जनजातीय समुदायबाट भएकोले ब्राम्हण, संस्कृत भाषा र शिक्षा अन्तत अङ्ग्रेज र अङ्ग्रेजीमा सर्यो । संसारीक शिक्षामा भने अङ्ग्रेज र अङ्ग्रेजीलाई मात खुवायो चिनियाँ शिक्षाले। न्यु योर्क टाइम्सका अनुसार सन् २०१०मा प्राथमिक विद्यालय स्तरका बालबालिका बिच गणित विषयमा अन्तर्राष्ट्रिय स्तरको कम्पिटिसनमा चिनियाँहरू अब्बल निस्के। सन् २००९मा साङ्घाइका बालबालिकाले गणित, विज्ञान, र पढाइमा विश्वका बालबालिकाई पछाडि धकेली दिए। सन् २०१५मा सिङ्गापुरका बालबालिका विश्वमा सबै भन्दा अब्बल देखिए। बेलायती बालबालिका २७ औँ भए।

अङ्ग्रेज यानेकी बेलायत सरकारले चिनियाँ बालबालिकाको गणितमा देखिएको अब्बल क्षेमता देखेर चिनियाँ शैलीको प्राथमिक शिक्षा सिक्न उसले ‘रियल साङ्घाइ म्याथमेटिक्स’ कक्षा गएको जनवरीबाट बेलायत भर आरम्भ गरेको न्यु योर्क टाइम्समा प्रकाशिक एउटा लेखमा आमी क्विन नामका लेखकले उल्लेख गरेका छन्। छत्तिसवटा पाठ्यपुस्तकहरू चिनियाँ भाषाबाट सिधै अनुवाद गरेर प्रयोगमा ल्याएका छन्। लेखकको भनाइ छ कि पहिले पनि चिनियाँ शैलीको गणित शिक्षा पश्चिमी मुलुकहरूले नअपनाएको हैन। जस्तो सिङ्गापुरको शैक्षिक पद्धति कतिपय पश्चिमा मुलुकहरूमा थियो। कान्सास विश्वविद्यालयका शिक्षा विभागका प्राध्यापक योङ्ग झायो भन्छन्, “आजका दिन सम्म पूर्वले पश्चिमकै शैक्षिक पद्धति अनुसरण गरिरहेछ, तर अबका दिनमा परिस्थिति ठिक विपरीत भई उल्टँदै छ।” बेलायत पहिलो राष्ट्र हो जसले ५४ मिलियन डलर प्राथमिक शिक्षाामा खर्च गरिरहेछ चिनियाँ शैक्षिक पद्धति अनुसरण गर्दै, जुन साङ्घाइ, हङकङ् र सिङ्गापुरमा पढाइन्छ।

लेखकको विचारमा पश्चिमी र पूर्वीय यानेकी चिनियाँ पद्धतिमा फरक के छ भने पश्चिमी शैलीमा पहिले बालबालिकालाई राम्ररी विषयवस्तु माथि व्याख्या गरिन्छ व्यक्तिगतरुपमा समस्या हल गर्न विद्यार्थीहरूलाई दिइन्छ। यसरी सबै भन्दा राम्रो नतिजा ल्याउने बालबालिका हेरिन्छ। तर चिनियाँ पद्धतिमा बालबालिकालाई विषयवस्तु दिइन्छ, व्याख्या गरिन्छ, र हरेक बालबालिकाको सहभागितामा अन्तरक्रिया गर्न लगाइन्छ, शिक्षकले पटक, पटक सोध्ने र सामुहिकरुपमा विषयवस्तुको ज्ञान बालबालिकाले सफलतापूर्वक लिन सकुन भन्ने ध्येय राखेको हुन्छ। त्यसो गर्दा विद्यार्थीले विषयवस्तुको ज्ञान र समस्या एकै चोटि हल गर्ने क्षेमता राख्दछ। थोरै विषयवस्तुहरू उपर धेरै र गहिरो ज्ञान हासिल हुने यो पद्धतिलाई ‘मास्टरी’ पद्धति भिनिन्छ। ईङ्लैण्डको कोलिन लर्निङ्गस प्रकाशन गृहका मैनजर कोलिन ह्युघ्सको भनाइमा अहिले चिनियाँ पाठ्यपुस्तकहरुको ठुलो माग छ। विज्ञहरुको विचारमा मास्टरी पद्धतिका साथसाथै चिनियाँ शिक्षामा अभिभावकको हेर चाह विशेष किसिमको हुन्छ।

चिनियाँ मास्टरी पद्धति बलायत मात्र नभै संयुक्त अरवइमिरटस, केन्या, र मलेसियाले पनि चासो देखाएर अगाडी बढिरहेको क्विनको भनाइ छ।

‘बेलायतले हाम्रो सिको गर्‍यो भन्दैमा हाम्रो शिक्षा पद्धतिमा कमिकमजोरी नै नभएको, सुधारनै आवश्यक छैन भन्ने होइन’ बेजिङका ‘एक्काइसौँ सताब्दिको लागि शिक्षा र अनुसन्धान संस्थान’ का अध्यक्ष सिओ बिन्क्ववीको भनाइ लेखकले उदृत्त गरेका छन्।

मास्टरी पद्धति एसियन सांस्कृतिक जीवनमा एकदमै गहिरो गरी जरा गाडीएको छ, त्यो पश्चिमा मुलुकमा पनि सफलतापूर्वक प्रयोगमा ल्याउन सकिने लेखको दाबी छ।

 क्याटेगोरीः