मगरात ,पहिचान सामर्थ्य र संघीयता ?


समिर थापा मगर

पहिचान :

“पहिचान” भनेको यस्तो मूलभूत चिनारी हो जो कुनैपनि अरु भौतिक वातावरण संग परिवर्तन हुन्दैन ।
राज्यको पुनःसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले पहिचान र सामथ्र्यको आधारमा राज्यको पुनःसंरचना गर्ने उल्लेख छ ।
पहिचानका आधारमा पाँच आधार जातीय, भाषिक, साँस्कृतिक, भौगोलिक अथवा क्षेत्रिय निरन्तरता, ऐतिहासिकता छन |
त्यसैले, हामी र हाम्रो पहिचान हिमाली, पहाडी, मधेसीमा मात्रै सिमित छैन यो कुरा बुझ्नु जरुरी छ । हामी हिमाली, पहाडी, मधेसीमा पनि गर्व गर्छौं, हामी नेपाली हुनुमा पनि गर्व गर्छौं र साथ साथै हामी ऐतिहासिक लिम्बुवान, खुम्वुवान, शेर्पा, नेवाः, मगरात, तमुवान, ताम्सालिङ, थरुवान, मिथिला आदि इत्यादिहरुमा पनि गर्व गर्छौं ।

सामर्थ्य:

“सामर्थ्य” भनेको उच्चतम विकास, उत्पादन गर्ने क्षमता हो जुन विशेष गरिकन मानवीय संसाधन, मानविय विवेक, प्रविधि र धेरै भौतिक कुराहरुमा निर्भर रहन्छ, जस्तै भौतिक सुगमता, प्राकृतिक श्रोत र साधनमा आदि । त्यसमा पनि मानव संसाधनको भूमीका प्रमुख रहन्छ । किनकि सुन खानी छ भन्दैमा आफै सुन खानीवाट बाहिर निस्कने होइन । मानव संसाधनको जति बढि उपयोग भयो त्यहि अनुपातमा त्यहि सापेक्षमा सामर्थ्य पनि बढ्दै जाने हो बाँकी भौतिक कुराहरु र प्राकृतिक श्रोत साधन त सहयोगी मात्रै हुन ।

संघियता :

“संघियता” शब्द संघबाट आएको प्रष्ट बुझिन्छ । संघियता बिभिन्न सहशासन (प्रदेश सरकारहरु ) र साझा शासन (केन्द्र सरकार ) बिचमा संबैधानिक करार – संम्झौता गरिकन गरिने शासन ब्यवस्था हो भन्ने बुझिन्छ । यसमा सबै सरकारहरुको अधिकार दायित्व छुट्ट्याएको हुन्छ । संघियता बिभिन्न छुट्टाछुटै देशहरु आपसमा मिलेर पनि बन्छ भने यो एउटै देशको बिभिन्न जातिहरु आआफ्नो छुट्टै पहिचान राख्दै नछुट्टिकन संगै बस्न पनि एकात्मक शासन ब्यवस्थाबाट संघियता जान्छ । हामीहरु एकात्मक शासन ब्यवस्थाबाट संघियतामा जान गैरहेका छौं ।

संघियताको न्यूनतम फाईदाहरु :
१. Stay together सिद्धान्त अनुसारको संघियता निर्माण हुने भएकोले देश टुक्रिनुबाट बचिन्छ ।
२. आफ्नो भाषा, संस्कृतिको बिकास, प्रबर्धन हुने भएकोले आफ्नो भूमीमा आफ्नोपनको बिकास हुने हुन्छ ।
३. राष्ट्रियताको एकाई (ऐतिहासिक, जाति, भाषा, संस्कृति आदि पहिचान) को जराबाट बलियो राष्ट्रियता रुपि रुखको निर्माण हुने ।
४. बहु-भाषा, बहु-जातिय, बहु-साँस्कृतिक र धेरै बिबिधता भएको मुलुकमा संघियताले सबैको भावना समेटिने हुनाले उपयुक्त मानिन्छ ।
५. जातिगत , भाषागत असमानता, बिभेद, एकाधिकारको अन्त्य समानताको अनुभुति हुने ।
६. राज्यको शासकीय शक्तिको संबैधानिक सुनिश्चताको साथ बिकेन्द्रिकृत बाँड-फाँटले शक्ति जनताको नजिक र सुनिश्चत हुन्छ ।एउतै व्यक्ति बारम्बार देशको प्रधानमन्त्रि वा प्रान्तीय प्रमुख बनिरहन पाउदैन ,, अरु लाइ पनि चान्स मौका मिल्दछ /
७. राज्यमा भएका सिमित बर्गको राजनैतिक बर्चश्व समाप्त हुने र सबैको पहुँचको सुनिश्चता हुने हुन्छ ।
८. कथम कदाचित बन्द, हड्ताल भएमा सरोकारवाला प्रदेशमा मात्रै असर हुने हुन्छ, पुरा देशमा नकरात्मक असर हुनबाट बचिन्छ ।
९. दिगो शान्ति र राजनैतिक स्थिरता विना देशको विकास सम्भव हुन्न । संघियताले दिगो शान्ति र राजनैतिक स्थिरता ल्याउने हुनाले दिगो देशको विकास हुन्छ ।
१०. अन्तरराष्ट्रिय अधि-सन्धि आई. एल. ओ. १६९ मा नेपालले अबलम्बन गर्ने गरि पास भैसकेकोले यसको कार्यान्वयन गर्न अति जरुरी छ ।

साभार अादिवासी जनजाति वर्डप्रेस डटकम

 क्याटेगोरीः