पागलहरुको जुलुुस


कथा

अमृत विक

एकहुल मानिसहरु एका एक माइतिघर मण्डलामा भेला भए ,कोहि गहुंगोरो त कोहि तोरी गोरो वर्णका, धुस्रेफुस्रे सुकिला, मुकिला, टाइ लगाएका नलगाएका, महिला, पुरुष, युवा, वयस्क, एकाघ वृद्ध उमेरका । त्यो छ्या्समिसे हुलमा रुन्चे अनुहार लगाएर एकहोरो टोलाएको नावालक पनि थियो । हरेकको हातमा एउटा एउटा प्ले कार्ड थिए, हत्यारालाई कार्वाही गर, पीडितलाई न्याय दे, मिलापत्र गर्ने प्रहरी प्रशासन मुर्दावाद, दलित विरुद्धको दमन अन्त गर आदी इत्यादि लेखिएका थिए ।

मान्छेहरुको हुल देखेर लगनखेलबाट रत्नपार्क जांदै गरेको बस टक्क रोकिन्छ, ड्राइवरले कान्छा बाहिर के को हल्ला हो हेर त भन्दै कान्छालाई भन्छ । बसको ढोकावाट टाउको निकाल्दै यसो हेरेर खै कुन्नि गुरुजी लक्ष्मी परियारलाई न्याय दे भन्ने प्लेकार्डहरु बोकेका मान्छेहरुको हुल छ, कान्छाको कुरा सुन्नसाथ, ए हो भन्दै गुरुजीले गाडी अगाडि बढायो, वसमा सवार यात्रीहरुले कसै कसैले अलि अलि चासो दिएर हेरे त धेरैले देख्या नदेख्यै गरेर हिंडे ।

प्लेकार्ड सहितको जमात विस्तारै जुलशका रुपमा अघि वढ्यो । लक्ष्मि परियारलाई न्याय दे, हत्यारालाई फाँसी दे भन्दै हुल बिस्तारै सिंह दरवार तर्फ लाग्यो । रामशाह पथ पुगे पछि सर्वोच्च अदालतको अगाडि नारावाजी गर्न थाले । बाहिरको हल्ला सुने पछि मुद्दाकाे पैरवी लाई एकछिनका लागि रोकेर बाहिर के भएको भनि वुझ्न पठाईयो । श्रीमान बाहिर एक हुल मानिसहरु छन जसले लक्ष्मि परियारलाई न्याय दिइयोस भन्दै नारा लगाइरहेका छन् भन्दै खवरिले श्रीमान समक्ष बाहिरको स्थितिको जानकारी गरायो । ए हो भन्दै काठको हथौडालाई टेवलमा ठोकेर अदालतको कार्वाही अगाडी बढाउने आदेश जारी भयो ।

न्यायमुर्तीको दरवारवाट कुनै प्रतिक्रिया नआए पछि उक्त निन्याउरो बालकलाई अघि लगाएर जमात सिंह दरवारतर्फ लाग्यो । सिहं दरवारमा पुगे पछि नारावाजी गर्दै गेटमा केहि समय धर्ना दिने निधो गरेर सवै जना गेटको अघि बसे । मन्त्रि र सांसदको गाडीहरु आवातजावात भए तर कसैले पनि धर्नाकारीहरुतिर आँखा लगाएनन् । धर्नाकारीहरुले चर्को स्वरमा नारावाजी गरे तर भित्रबाट केहि प्रतिक्रिया आएन् ।

वालक अघि अघि जमात पछि पछि नारा लगाउंदै भित्रि वाटो वाट जुलुस भित्रपट्टिको बाटा भएर बानेश्वर संसद भवन तर्फ वढ्यो र अन्तर्राष्ट्रिय सभाको गेटमा नाराबाजी गर्दै धर्ना दिन थाले । सविधान संशोधनको विषयमा चर्को वादविवादका बाबजुत संसदको कार्वाहि चलिरहेको थियो बाहिरको हल्लाले भित्रको कार्ववाहिमा अवरोध आए पछि संसदको कार्वहि रोकेर बाहिरको हालचाल बुझ्न पठाइयो । बहिरको हालखबर वुझे पछि खवरीले अगाडी गएर सभामुख महोदय, वाहिर लक्ष्मि परियारको हत्याको विरोघ गर्दै जुलुसमा सहभागिहरुले दोषिलाई कार्वाहि गरि पाउं भन्दै नारावाजि गरि रहेका छन् । खवरिको वयान सुन्नासाथ विपक्षि पार्टीका सभासदले आधा घण्टाको निमित्त कार्वहि स्थगन गर्न माग गरे । सभामुखवाट पनि उक्त कुराको सुनुवाई भयो र सभा आधा घण्टाको लागि स्थगन गरियो ।

सभा स्थगन पछि विभिन्न पार्टिका आ आफ्नै वैठक वस्यो । सवैले आ आफ्नो पार्टीको नाम लिस्टमा लक्ष्मि परियारको नाम खोजे । जिल्ला देखि गाउं तहसम्म फोन पनि गरियो तर कुनै पार्टीले पनि लक्ष्मि परियारको नाम भेटाउन सकेन, महिला विभागका नेतृहरुले लक्ष्मीको थर सुन्नासाथ मुख फ्यास्स फाले, खोजिनितिको चासो नै देखाएनन् । मधेशी नेताहरु लक्ष्मीको नाम सुन्नासाथ पाहाडिया औरत भन्दै पहिल्यै पाखा लागेका थिए । कतिययले आफ्नो प्रदेश अन्तर्गत नपर्र्ने भनेर वास्ता नै गरेनन् । आधा घण्टाको समय सकियो सभामुखबाट संसदको कार्वाहि अगाडि बढाउन रुलिङ भयो । संसदको सेसन शुरु हुनसाथ सभामुखले लक्ष्मी परियारको वारेमा पार्टीहरुको धाराणा राख्न समय प्रदान भयो । संसदमा सन्नाटा छायो कसैले पनि केहि बोलेनन् । सभाहलको अघिल्लो रोह मा रहेका गृहमन्त्री टुलुटुलु हेरिरहे, निर्धारित समय सकियो संसदको कार्वाहि अगाडि बढ्यो ।

घाँटी चिच्याउने गरी कराउंदा पनि भित्रबाट केहि सुनुवाई नभए पछि नावालकलाइ अगाडि लगाउंदै जुलुस सिधै शित्तल निवाशतर्फ लाग्यो ।

महामहिमको दिउंसोको खाना पछिको आरामको समय थियो, बाहिरको हल्लाले विथोलियो । जुरुक्क उठेर झ्यालको पर्दा खोलेर बाहिर आंखा लगाउनु भयो । लक्ष्मी परियार लेखिएको प्लेकार्डहरु देखेपछि पत्रिकाहरुमा पढेको समाचार हल्का याद आयो । महामहिम फर्केर आफ्नो कार्यकक्षमा जानु भयो । केहि समय आफ्नो अतितको फल्यासव्याकमा जानु भयो । पोहोर साल ठ्याक्कै यहि समयमा आफु मधेश झर्दा घटेको घटना पनि याद भयो तै पनि महामहिमको मन पग्लिएन । जुलुुसमा सहभागिहरु शित्तल निवासको झ्याल खोलिन्छ कि भनेर कुरि बसे तर खुल्दै नखुले पछि जुलुशमा सहभागीहरु निराश हुदै बालुवाटारतर्फ लागे ।

एकातिर संविधान संशोधन प्रस्ताव निल्नु न ओकेल्नु भएको अवस्था, अकोतर्फ सम्म्पत्तिका नाममा एक कठ्ठा जग्गा र तिन तोला सुन रहेको विवरण पेश गरी चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री बैठक कोठामा टाउको समातेर बसिरहेका थिए । गेटमा रहेका सुरक्षाकर्मीले धर्नाकारीहरुको बारेमा भित्र जानकारी गराउंछन् । प्रधानमन्त्रिले स्वकीय सचिवलाई लाई बाहिर के भएको छ भनी वुझ्न पठाए । स्वकिय सचिव गेटमा के को हल्ला हो यो भन्दै थर्काउन थाल्यो र यिनीहरुलाई तुरुन्त यहांबाट भागाउनु भन्दै सुरक्षाकर्मीहरुलाई भनेर भित्र पस्यो । के भइरहेछ भनेर प्रधानमीन्त्रले सोघे पछि स्वकिय सचिवले बाहिरको इतिवृत्ति बतायो । लक्ष्मी परीयारको बरेमा वेखवरि प्रधानमन्त्री जुलुशमा एउटा बलक पनि छ भने पछि अलि चासो लिए । बरु त्यो नावालकले कालीबाबा र गुगल ब्वाइ जस्तरि सरकारको आयु वताउन सक्छ कि सोधेर आउनु भन्ने आदेश भयो ।

स्वकिय सचिव बहिर आएर नम्र हुदै बलकलाई सोधे , वावु तिमीले यो सरकार कति महिना टिक्न सक्छ भन्न सक्छौ ? बालकले मुन्टो हल्लाउंदै सक्दिन भने पछि स्वकिय सचिवले हकार्दै जाबाे सरकारको भविष्य पनि वताउन नसक्ने तिमी गइहाल भन्दै त्यहांवाट भगाइ पठाए ।

प्रधानमन्त्रीको कार्यलयवाट निराश हुदै जुलुश रत्नपार्कमा गइ कोणसभा गर्ने सोच गरी रत्न पाकतर्फ के जान लागेका थिए, नावालकका पितालाई हिरासतमा प्रहरिले कुटपिट गरी कानै नसुन्ने बनाइ दियो रे । यो खवर सुने पछि जुलुसमा सहभागिहरु रत्नपार्क नगइ प्रहरि प्रधान कार्यलयतर्फ जान्छन, प्रहरी प्रशासनको ज्यादातिका विरुद्धमा नारा लगाउंदै गेटमा धर्ना दिए । डियुटिमा भएको प्रहरी जवानले गेटमा रहेको टेलिफोनको घण्टी उठाउंदै भित्र फोन गर्छ । भित्रबाट प्रश्न माथि प्रश्न सोधिन्छ, ।

धर्नाकारीहरुले चक्का जाम गरेका छन ?
जवान ः छैनन् ।
तोडफोड गरेका छन् ?
जवानः छैनन्
टायर वालेका छन् ?
जवानः छैनन् ।
रेलिङ भाचेका छन् ?
जवानः छैनन् ।
सिमा हेरफेरको माग गरेका छन् ?
जवानः छैनन् ।
उसो भए त्यो पागलहरको जुलुस हो तितरवितर गर भन्दै फोन राख्छ ।

जवानहरु लठी लिएर जुलुसमा सहभागीहरु माथि बर्साउंदै तितरवितर गर्छन ।

सांझ परिसकेका कारण तितरवितर भएकाहरु भेलि फेरि माइतिघर मण्डलामा भेट्ने सल्लाह गर्दै बिदा हुन्छन् ।

जुलुशमा सहभागी एक वयोवृद्ध सहभागी घर फर्कने क्रममा मन मनै गम्दै थिए, महिला राष्ट्रपति, महलिा सभामुख, महिला प्रधान न्यायधिश, सवाहारका प्रधानमन्त्री हुंदा त केहि सुनुवाइ हुदैन भने अरुले के गर्लान् र ?

अर्का एक जवान साथीसंग भनदै थिए राजधानीसंग जोडिएको जिल्लामा त यस्तो हालत छ भने सुदुर पश्चिमको हालत के होला ?

 

 क्याटेगोरीः