दार्जीलिङ सहरको सत्य र भ्रम


बेस्साे चाम

मारिएका राई, र कामी अनि मारिने लाइनमा उभिएका राई, लिम्बू,तामाङ, भोटे र लेप्चाको नाममा यो सत्य र भ्रम : सन्दर्भ बङ्ला भाषा दार्जिलिङ सहरमा ।

राज्य सत्तामा एकल जातीय सत्ताको ह्याम्मरले टाउकोमा सयौ वर्षसम्म गिदी छरपस्टिने गरी बजार्दै आउदाको निम्छुरो आहारा भएका नेपालको पुर्वतिरका राई, लिम्बु, सुनुवार, तामाङ, गुरुङ, दलित समुदाय एकछाक खान पाइने र लाज ढाक्न कपडा लाउन पाउने आशामा गरिबीको चरम चपेटामा दोख्लिले हानेको पिनाझै बनेर पहाडबाट ढाकर र टेकुवामा भुटेको मकै र भटमासको खाजा, बासको ढुंग्रोमा वासुम ( जाड ) बोकेर अनि किनामा र गुन्द्रुकको तरकारी कालो धुवाले लेपन भएको प्लास्टिकमा पोका पारेर ” जाउ उदै उदै कहिले मन रुदै हौ कहिले मन बुझाउदै …. ” गित गाउदै लगातार २१ दिनसम्मको खाली खुट्टामा यात्रा गर्दै चिया टिप्न पुगेकाहरुको सन्तानहरु आजकाल दार्जीलिङ सहरमा ” हामी गोर्खे ” भन्दैछन् ।

ती उफ्रने दार्जीलिङ्गेहरु वास्तवमा नेपालबाट अपहेलित आदिवासी पुर्खाहरुका सन्तान हुन् । कुनै विरताको लागि ती पुर्खाहरु दार्जीलिङ गएका थिएनन् । चियाको पात टिपेर पैसा कमाएर आफ्नो सन्तान पाल्ने लालसामा पुगेकाहरु उतै छाप्रो र झुपडी बनाएर घरजमको चाजोपाजोमा लागे । इस्ट इन्डिया कम्पनीको लागि सारै लाटो श्रमिक बन्न सफल ती राई, लिम्बू, तामाङ, गुरुङ, मगर र नेवारले दार्जिलिङमा आफ्नो मातृभाषा (खर्लप्पै चियाको पात टिपेर मेसिनमा पेलेको चिया युरोप पुर्याएझै ) एक रति बचाउन सकेनन् । चियापत्ती टिप्नेका सन्तानहरु कोहि लैन सिंह बाङ्देल ( राई हुन् । बाङ्देल खोटाङ जिल्लाको राखा बाङ्देल उनको पुर्खौली ठाउँ ), इन्द्रबहादुर राई ( इलाम पुर्खौली ), कोहि पारसमणी प्रधान ( भोजपुर जिल्ला पुर्खौली ), कोहि तुलसी घिमिरे ( कामी । पुर्खौली सोलुखुम्बु ) र कोहि सुवास घिसिङको रूपमा चम्चमायमान भए ।

अहिले दार्जीलिङमा रहेका आन्दोलनमा सामेल सप्पै सप्पै भारी बोकेर सन्तान हुर्काएका पुर्खाहरुको सन्तान हुन् । तिनिहरुसङ्ग गोर्खा सेनाको साइनो जोडिनु केवल संयोग मात्रै हो । जसरी नेपालमा अहिले राई लिम्बू लगायत आदिवासी लाटा र उत्पीडित छन् उसै गरि बङ्ला भाषामा आफ्नो दख्खल नराखेर त्यहाँका कथित हाम्राहरु उत्पीडित छन् । मारिने क्रममा ती अरु लामबद्द हुन सक्छन् । तर बङ्ला भाषामा अध्ययन क्षमता बढाएर निजामती सेवामा प्रवेश गरेर त्यही ठाँउमा राज गर्नुपर्ने बुद्दी तिनमा आउन नसक्नु पैतृक गुणको लाभ हो भन्न पर्या छ ।

सारै महत्त्वपूर्ण कुरा दार्जिलिङमा कुनै बाहुन पात टिप्न उतिबेला गएको थिएन र यो आन्दोलनमा तिनिहरुको एक प्रतिशत पनि उपस्थिति हुनेछैन तर बाहुन भाषाको लागि ती मुर्ख राई र तामाङ अनि कामी मरिसके र अरु पनि यसै गरि मारिने लाइनमा लाम्बद्द छन् । तिनिहरुको बुद्धि विरक्त लाग्दो छ । दार्जीलिङ सहरको सत्य र भ्रम यो मनले देखेको यहि हो ।

Beeso Cham

बहसका लागि खुराक : अाफ्ना विचार सभ्य भाषामा राखिदिन सविनय अनुराेध ।

फोटो साैजन‍्य इन्डिया टुडे ।

 क्याटेगोरीः