गजल

रामचन्द्र राई (रुपाबुङ्ग)

ramchandra

बेइमानीले छाक टार्दै धाक लाउनेहरुको जमातले भरिएकाछन् सहरहरु
ईमान, जमान, नैतिकतामा बाँच्नेहरुको जति कसको छ पीडा कहरहरु ।

असल शासन, अमनचयन कायम गर्ने थियो लक्ष जुनकुनै परिबर्तनको
यसै अवसरको लागि जनताले कैयौं वर्षदेखि त्याग्दैआए आफ्ना रहरहरु ।

आमाको काख भन्दा भ्रष्टाचारको लाख ठूलो ठान्नेहरु बस्नपुगे गद्दीमा
असिना पर्दा पसिना बगाउनेहरु मर्दाछन् पिउँदै कुराजनीतिका जहरहरु ।

होस गर, भरण पोषण भन्दा स्वत्व हरणको तीर हान्नेलाई साख ठान्ने
विदेशीको थुक चाट्ने खेलाले ल्याईसक्यो मुलुकमा सुनामीका लहरहरु ।

 क्याटेगोरीः