कविता


चाम्लिङ्  सुरेन

chamling_suren

कोही हिउँ-हिमाल,पाखा-पखेरामा फुल्याैं हामी,

कोही घना-जंगल,बन्जड मरुभुमीमा मुस्कुरायौं ।

हज्जारौ बर्ष बितेर गए

र आउँदैछ पनि ।

यही कालखण्डहरुको

इतिहासको क्रुर बर्बरताहरुमा,

प्रकृतिको अनेकन चुनौतीहरुमा

बिचलित भएनौ,

हारेर भागेनौ ।

घुमन्ते-फिरन्तेहरुले,

हामीबाटै जिउने कलाहरु सङ्कलन गरे।

कति आफ्नो बनेर अाई ,

लुटेर भागे ।

तर पनि हामी सकिएनौं,

हाम्रो स्थिरता डग्मगाएन ।

किनकि हामी यस सुन्दर सृष्टिलाई,

सुन्दर बनाउने एक माली,

त्यति मात्र होइन,

अधिकार प्राप्त माली,

हो सृष्टिको एक आदिम कलाकार।

यस भुम को एक जानकार ।

हामी हौ मुल बासी।

हामी हौ आदिबासी ।

 

 क्याटेगोरीः