सरकारसँग हिसाब चुक्ता गरुम् !


सुदय  शिलाकार

सडक बिस्तार पिडित सङ्घवाट मुअब्जा लिएर पनि सडक बिस्तार गर्न दिनु हुन्न किनभने यो सडक बिस्तारको मूल उद्देश्य भनेको यहाँका स्थानियहाँरुलाई ( बिशेश गरी नेवा:हरु) बिस्थापित गर्नु नै हो |

 

बिगतमा हामी धेरै पटक चुक्याैं, किर्तिपूरमा विश्वविधयालय खोल्न हजारौ रोपनी जग्गा अतिक्रामण गर्‍यो । खोइ त्यहाँ किर्तिपूर बासिले रोजगारी पाएको अनि ? कुन चाही त्यस जगा घनीका सन्तानले नीसुल्क शिक्षा पाको ? हरिशिद्धीमा पनि फलामको मूल्यमा जुन उद्देश्यले जग्गा लिएको थियो आज कारखाना बन्द बन्द हुँदा अन्तर्राष्ट्रिय मान्यता अनुसार जाग्ग धनीलाई नै जग्गा फिर्ता गरिनु पर्नेमा सरकारले स्थानियालाई जग्गा फिर्ता नगरि सुनको भाउमा बिक्री गरिदैछ । त्यसमा पनि मौन ।

काठमाण्डूको पूरानो बसपार्कको पनि त्यही समस्या | हाल बिधुत प्राधिकरण देखी भृकुटी माण्डपको जग्गा पनि त्यसरि नै हामिबाट खोसिएको थियाे । लाजिम्पाटको हालको फाराकिलो बाटो बान्नु भन्दा अघी हाम्रै जग्गा पनि परेको थियो ।

 

त्यस्तै गरी गोङगबुको नया बसपार्क बनाउनको लागी अतिक्रमण गर्दा कम मूल्यान्कन गरेको खबर ले पैसा हात पर्नु भन्दा पूर्ब मेरो बाजेको अकालमा मृत्यु भयको थियो ।

त्यस्तै ठमेलको एतिहासिक पोखरी भएको ठाउमा छाया कम्प्लेस नामक ब्यापारिक भवन निर्माणको स्थानियको बिरोध हुँदाहुँदै भू-माफियाको दलाली सरकार मौन बासेकोले अब पनि हामी चुप लागेर इतिहासमा झै चुक्याैं भने हामी झै खोइ के के हुने हो ? यो त मैले केहि उदाहरण मात्र पेश गरेको हु । आज समय बदलिसकेको छ । काठमान्डूको फोहर फाल्न सिश्डोलका जनतालाई विशेषा सुबिधा चाहिने अनि अहिलेकै कायम भएको सडक बन्नु भन्न्दा पनि कयौ बर्ष अधिदेखी बसोबस गर्दै आएकाहरुको घर त्यसै भात्काउन केहि नचाहिने ?

 

खानेपानी ल्याउन मेलाम्चीका जनतालाई भनु वा गोरखाको मानोकामना केबुलकार सन्चालन गर्न उक्त गाबिसका जनतालाई जागिरदेखि खोइ अरु के के चने अनि सबारी साधन भित्र्याउदा ५००% भन्न्दा कर लिएर सबारी जाम भयो भनेर स्थानियको उठिबास गर्न केहि नचाइने ? राजनितिक आडमा सुकुम्वासीलाई पूर्जा सहितको जग्गदिन सक्ने सरकारले पूर्जा भएकालाई सुकुम्वासी बनाउन पाइँदैन । तसर्थ आउनुस् अब पुरानो देखिको बहिखाता खोलौ आफ्नो स्वार्थको लागी नयाँ नयाँ नियम बिनियम बनाइ जनतालाई दुख्ख दिने सरकारसँग हिसाब चुक्ता गरुम् !

 क्याटेगोरीः