आदिवासी जनजाति महासंघका साँढेहरूलाई
बलदीप प्रभाश्वर चामलिङ

bahas_baldip_prabhashwar_chamling

आदिवासी जनजाति महासंघका साँढेहरूलाई एमाले, कांग्रेस र माओवादीले भागबण्डा लगाउँदैछ रे, भेजाकाे मासुजस्ताे । हाम्राहरू कहिले पनि साध्य नहुने भाे, खाली साधनमात्रै । लाजकाे पसाराे ।

कुनै पनि हत्याकाण्डकाे छानविन समितिमा वास्तविक हत्यारालाई नै संयाेजक बनाइदिने हाे भने हत्यारा किटान गर्न सकिन्छ ?

जस्ले जनताकाे अधिकार र पहिचानलाई नै नामेट गर्न चाहन्छन्, उनीहरूकै पिछलग्गु भएर त्याे चिज प्राप्त गर्न सकिन्छ ?

सरल कुरा पनि नबुझ्ने कस्ता लठुवाहरू हाैं हामी ? हालका साझा यातायात र हिमाल मिडियाका सरदार कनकमणीकाे आफन्त राममणीले “जंगली, स्वाँठे, तिघ्रे, खर्पने र भरिया” त्यसै नभनेका रैछन् ।

 क्याटेगोरीः