केही यक्ष प्रश्न अान्दाेलनकारीहरुलाइ


अज्ञात

तुम करे तो…… हम करें तो…….

१. ५-५ दर्जनले शाहदत दिंदा जनताको आन्दोलन भनिएन, एउटा पनि आँपै नझरी कसरी मान्नु जनताको आन्दोलन ?

२. सप्तरी देखि पर्सा सम्म प्रदेश बनाउँदा देश टुक्रिएन, नवलपरासी देखी बर्दिया सम्म प्रदेश बनाउँदा कसरी मान्नु कि देश टुक्रिन्छ ?

३. १-१ बर्ष सम्म चलेको आन्दोलनलाई आधिकालागि भएको आन्दोलन नमान्ने, दूई चार दिन सडमा उफ्रिनुलाई कसरी मान्नु अधिकारको अान्दोलन ?

४. देशको समस्या र अधिकारको लागि खोलिएको मधेशवादी दल बिदेशीको पार्टी, अनि चीन र रूसमा जन्मेको लेनिन र मार्क्सको नाममा खोलिएको एमालेलाई कसरी मान्नु राष्ट्रवादी पार्टी ?

५. दूई तिहाई सांसदले बनाएको सम्बिधान राष्ट्रवादी सम्बिधान र त्यही दुई तिहाई सांसदले संसोधन गर्दा कसरी मान्नु राष्ट्रघाती ?

६. १-१ बर्ष सम्म चलेको आन्दोलनमा एउटा पनि पहाडी नपिटिने आन्दोलन साम्प्रदायिक तर हिजो मात्र बुटवलमा एउटा गरिब मधेशी कुटिनु कसरी मान्नु असम्प्रदायीक आन्दोलन ?

७. दूई चार जना बैज्ञानिकले आफ्नो स्वार्थको लागि बनाएको प्रदेश सिमाँकन राष्ट्रवादी तर विज्ञहरूले दिएको प्रदेश सिमाँकन राष्ट्रघाती कसरी मान्नु ?

८. एउटा पनि धोती धारी नेताले नदी नाला, देश नबेच्दा पनि देशद्रोही तर दाउरा सुरूवाल टोपी धारी नेताले नदी नाला, देश बेच्दा पनि कसरी उसलाई मान्नु राष्ट्रवादी ?

९. एउटा राष्ट्रीय पार्टीको अध्यक्ष राजेन्द्र महतो प्रहरीबाट हत्या प्रयास गर्दा पनि क्षेत्रीय आन्दोलन, ओली प्रहरीबाट निपिटिए सम्म कसरी मान्नु राष्ट्रीय आन्दोलन ?

१०. मधेशी बिदेशी महिलासँग बिवाह गरी अधिकार दिए राष्ट्रघात तर तिम्रो छोरी सुजाता कोईराला जस्तो लाखौंले बिदेशीसँग बिवाह गरी पुन नेपालमा मन्त्री, उपप्रधानमन्त्री मन्त्री बन्दा कसरी राष्ट्रवादी ?

 क्याटेगोरीः