द्वन्द निम्त्याउछ भनी एकोहोरो कुप्रचार गरिरहनु विडम्बना

बसन्त मेन्याङ्बो

basanta_menyangbo

राजतन्त्रको विरुद्ध जनान्दोलन चर्किरहदा “बयल गाडामा चढेर अमेरिका पुगिन्दैन” भन्ने एमाले अध्यक्ष केपी ओली र कम्पनी, आफु अघाएपछि अरुपनि अघाएको दृस्टिदोषमा हुनुहुन्छ ।

६० प्रतिशत भन्दा बढी मधेशी, लिम्बुवान, आदिबासी जनजाति आन्दोलन र ज्ञात-अज्ञात सहिदहरुले दिशानिर्देश गरेको बिषय हो संघीयता र संविधान संसोधनको बिषय ।

संविधान संसोधन गर्दा पार्टीका छवि र आफ्ना केही एजेन्डा प्रतिकुल हुने तितो सत्य भन्न नसकी संसोधनले अहिलेनै अस्थिरता ल्याउछ, सामाजिक(साम्प्रदायिक) र राजनैतिक  हो । पार्टीको भविष्यको लागि प्रतिकुल र अदुरदर्शी निर्णय पनि हो यो ।

इतिहासमा झैँ सोझा-लाटा, बहिरा र अन्धा छैनन् अाजका न्याय, समानता, सह-अस्तित्व र समताका लागि संघर्षरत शोषित र उत्पीडित जनताहरु ।

विदेशी दर्शन समाजवाद, साम्यवाद(जबज) दर्शनहरुको विकल्प पनि नेपाली माटोमै खोजीसकिएको अवस्था छ ।

सो, क्षणिक लोकप्रियता, सत्ता र शक्ति होडबाजीको लागि गरिएको हठत निर्णयले कम्युनिष्ट भन्ने शब्दनै कति घिणित, अलोकतान्त्रिक र अलोकप्रिय हुदैछ भन्ने कुराको पनि गहन अध्ययन-विश्लेषण होस् । आग्रह !

यही अनुरोधको कुरा प्रजातान्त्रिक समाजवादको मिठा कुरा गर्ने महानुभावज्युहरुसङ्गपनि ।

 क्याटेगोरीः