मंगोलहरुलाई दास बनाउने शिक्षा मूर्दाबाद !

जीवन मङ्गोल 

gyani_bahun

शिक्षाको नाममा हिन्दुबादी मनुबादी शिक्षा मसिना बालबालिकाको कलिलो दिमाखमा घुसाइ दिएपछि प्रगति हुन्छ कहिल्यै ?

राम्रो सोच, विचार पलाउन सक्छ कहिल्यै, जबकि कलिलो दिमागमा बाहुनलाई ज्ञानी भनेर पाठ्य बस्तु तयार पार्छ बाहुनले, क्षेत्रीलाई रक्षकको रुपमा देखाईएको छ ।
चित्रमा देखाइएका अनुसार बाहुन ज्ञानी, क्षेत्रीलाई रक्षक, अनि हतियारहरु तरवार त्रिशुल देखाएपछि राम्रो सोच हैन हिन्दुत्व, दासत्वले कलिलो दिमाग भरिन्छ । कलिलो दिमागमा हिन्दुबाद घुसाइदिए पछि मूलबासी मंगोलहरुले कसरी सोच्न सक्छ ?

एउटा सोझो मूलबासी मंगोललाई खेताला, भरियाको रुपमा देखाइन्छ, बाल मस्तिष्कमा । एउटा सिंगाने पात्रका रुपमा झुत्रो मंगोल देखाउने त्यसपछि आफूलाई ज्ञानी भनेर घोकाउने बाहुन क्षेत्रीको शिक्षाले सधै मूलबासी मंगोलहरुलाई दिमाग दरिद्र, सोचाइ दरिद्र हर क्षेत्रमा दरिद्र बनाइ दिन्छ ।

नेपाली प्राथामिक तहका धेरै पाठ्य पुस्तकका पाठ्य सामग्रीहरु बाहुन क्षेत्रीलाई मुख्य पात्र बनाइएको पाइन्छ । अझ माध्यमिक तहका पाठ्यक्रम झन चौखण्ड छ । बाहुन क्षेत्रीको खलपात्र मंगोल मात्र हुन्छ । बरु बलियो भनेर कतै प्रशंसा गरेको पाइन्छ । त्यो भन्दा राम्रो पात्रमा प्रस्तुत गरेको पाइन्दैन ।
मंगोलहरुलाई त एउटा दरिद, मुर्ख, पाखे, जंगली, चोर गुण्डा, हले, कोदाले, खेतालो जस्ता पात्रमा सिमित बनाइन्छ, बाहुनलाई चाहि शिक्षित, चलाख, ज्ञानी, इमान्दारी, बफादारीको रुपमा अर्थात् प्रशंसाले भरिएको हुन्छ ।

यस्ता बाहुनबादी शिक्षा प्रतिस्प्रधात्मक हुने कुरा त कल्पनै नगरौ बरु बाहुनको प्रशंसा गर्न प्रेरित गर्न बाहेक केहि हुने छैन । यस्तो बाहुन क्षेत्रीलाई भगवान, ज्ञानी भन्दै प्रशंसाले भरिएको पाठ्य बस्तु नच्यातिए सम्म मूलबासी मंंगोलहरु बाहुन क्षेत्रीको दासी बन्न सिकाउछ, त्यसैले यस्ता पाठ्य बस्तुहरु च्यातिनु पर्छ ।

Jiban Mongol

 क्याटेगोरीः