वंशीय नश्लकाे घातक: माईकल ज्याक्सन र पाठ


बलदीप प्रभाश्वर चामलिङ

माईकल ज्याक्सन आफ्नाे नश्लप्रति घृणा गर्थे । त्यही नश्लकाे वंशीय गुणले निर्धारण गरेकाे आफ्नाे स्वरूप उनलाई पटक्कै मन पर्दैनथ्याे । उ आफू गाेराजस्तै स्वेत हुन चाहन्थे । उनलाई कालाेकाे भन्दा सेताेकाे साैन्दर्यताप्रति बढी माेह थियाे ।

गाेरा जातिजस्तै हुन उनले प्लाष्टिक सर्जरी गरेर पुरै अनुहारकाे आकृति बदले । कृतिम सेताेपनकाे लेपन अनुहारमा पाेते ।

माईकल ज्याक्सनकाे यस्ताे हर्कत आफ्नै सिंगाे काला जातिप्रतिकाे घृणा र अपमान थियाे । त्यस्ताे ख्याती कमाएका काला जातिकाे एक सदस्यले नै आफ्नै काला-नश्लप्रति यसरी अपमान गर्छ भने साधरण काला-नश्लका मानिसहरू कसरी शिर ठाडाे पारेर सम्मानका साथ बाँच्न सक्थ्याे ? काला जातिका सबै प्रतिभाहरू गाेरा जातिकै मानसिक दास हुने हाे भने काला जातिकाे मुक्ति कहिले हुने ? कालाहरू माईकलकाे यस्ताे कर्मप्रति नाराज थिए ।

अन्तमा माईकल ज्याक्सनकाे हविगत दयनीय भाे । उनलाई बालदुराचार (child molestation) काे आराेपमा जेल हालियाे । उनलाई मुद्दा लगाउने सेता जाति नै थियाे । काला मान्छे रूप परिवर्तन गरेर गाेराे भएकाे छ भनेर उनलाई गाेराहरूले माया गरेनन्, न उनीप्रति साहनुभूति नै देखाए । असली गाेराहरू हुदाहुदै त्याे नक्कली गाेरा (माईकल ज्यक्सन) लाई किन पाे आत्मीय बनाउथे , कुइरेहरूले ।

चरा आकासमा जतिसुकै माथि उडेता पनि आखिर चाराे खान भुईमा नै आउनुपर्छ भन्ने कुराकाे चरितार्थ माईकल ज्याक्सनमा भयाे । जेल जानुपर्ने अवस्थाबाट मुक्ति पाउने सम्भावना नदेखे पछि उनले आफ्नै काला समुदायकाे “सेन्टिमेन्ट” भजाउन पुगे । आपतकाे अन्तिम अवस्थामा उनले आफ्नै कालाजातिकाे ढाल चाहियाे । “म माथिकाे व्यवहार सिंगाे कालाजातिविरूद्धकाे अपमान र हेपाहा प्रवृति हाे” भनेर उनले वक्तव्य निकाले पछि अदालतले जातीय सद्भाव भड्किने डरले उनलाई सफाइ दिए । माईकल ज्याक्सन कालाेबाट गाेराे भएकाे छ भनेर हाेइन, बरू काला जातिहरू कुइरेहरूविरूद्ध जाइलाग्न सक्छन् भन्ने डरले अदालतले सफाइ दिए ।

आफ्नाे नश्लीय धरातल विर्सेर उनी उडन्ते भएका थिए । तर त्याे काम लागेन । अनुहारकाे रंग सेतै बनाए पनि त्यसकाे स्वरूप बाँदरकाे जस्ताे भैसकेकाे थियाे । गाेराे बन्ने माेहमा उनी झन कुरूप भैदिन पुगे । पैसा भइन्जेल कुइरेनीहरू पनि पछि लागे । टाट पल्टेपछि ड्रगकाे बढी डाेजले उनकाे लिला नै समाप्त गरिदाे ।

कालाजातिका सबै सम्पन्न र प्रतिभाशालीहरू कुइरे नै बन्न खाेज्ने हाे भने कालाजातिप्रतिकाे विभेदात्मक दृष्टिकाेण कहिले हट्ने ?

प्रतिभा र चेतना भएका सबै आदिवासी जनजाति, मधेसी, दलित र श्रमिकहरू कांग्रेस-कम्युनिष्टकाे लाउके बन्न जाने हाे भने अधिकार र पहिचान कहिले स्थापित हुने ?

 क्याटेगोरीः