संविधान संशोधनको विरोध यस कारण गलत छ

डेर राज लाम तमु

der_raj_lam_tamu2
१] ५ नम्बर प्रदेशमा तराईका जिल्ला मात्र भए बिखन्डन हुन्छ वा भारतमा गाभिन्छ । त्यसो भए तराई जिल्लाहरु मात्र रहेको २ नं. प्रदेश चै किन बनाएको त ? मधेशी, थारु, मुस्लिम भारतीय हुन् ? के उनीहरुले भारतमा लगेर गाब्छन भन्न खोजेको हो ?

२] विदेश वा स्वदेशबाट होस्, बिहे गरेर आएको बुहारीले माईतिको छोडेर श्रीमानको वंश अपनाउनु पर्छ । माईतीको छोड्ने, श्रीमानको पनि नपाउने ? वंश बिहिन हुने ? एकै घरका श्रीमान् श्रीमती, दुबै नेपाली नागरिक तर श्रीमानको धेरै अधिकार, श्रीमतीको थोरै ? यो लैंगिक विभेद भएन ? बुहारीले बैबाहिक वंशजको नागरिकता किन नपाउने ? एमालेले लैंगिक विभेद गर्नु पर्छ भन्न खोजेको हो ?

३] अंगिकृत नागरिकले १० बर्ष बसे पछि सबै खाले संवैधानिक पदहरु पाउने व्यबश्था सहितको संविधान २०४७ र २०६३ सालको बनाउने त एमाले, कांग्रेस हो । यो कुन चै विदेशीको इशारामा र कसलाई खुसि पार्न बनाईएको थियो त ?

४] जति धेरै जनता उति धेरै प्रतिनिधि l यो नियम जहा पनि लागु हुन्छ । मधेशको जनसंख्या धेरै छ तर प्रदेश त २ मात्र छन l जनसंख्या कै आधारमा आउदा पनि ५ प्रदेशबाट आउने र २ बाट मात्र आउने संख्या फरक हुन्छ । जति जनसंख्या हो त्यति त पाउनु पर्यो कि परेन ?

५] अहिलेको संविधानमा भाषा आयोगले प्रतिवेदन बनाउने अनि मन्त्रिपरिषद लाई दिने उल्लेख छ, अनि के गर्ने ? रद्दीको टोकरीमा फाल्ने ? हाम्रो स्पष्ट माग हो, संविधानको अनुसूचिमा उल्लेख गर्ने । यो कसरि गलत हो ? के हाम्रो भाषाको प्रतिवेदन चै एमालेले रद्दीको टोकरीमा फाल्ने नियत हो ?
यति मात्र हैन एमालेले नै पहिचान सहितको १० प्रदेश हुन् दिएन, समानुपातिक समावेशिताको सुनिस्चितता भएन, प्रदेशहरु आधिकार बिहिन केन्द्र नियन्त्रित भए ।

https://www.facebook.com/drgurung

 क्याटेगोरीः