वनको नागरिक बडापत्र मातृभाषामा


इसमता सिटिजन्स अडिट – ४

डा. रवीन्द्र राय

कपिलवस्तु बैशाख १ ।  कुनै पनि सेवाग्राही सरकारी कार्यालयमा पुग्दा भाषा पनि समस्या बन्दछ । मानिसहरु भाषाको कारणले सरकारी कार्यालयबाट पाउनुपर्ने सुविधाबाट बन्चित हुनपुग्दछन् ।

 

जिल्ला वन कार्यालय कपिलवस्तुले हालै केही सराहनीय काम गरेको छ । जिल्ला वन अधिकृत राकेश कर्णले हालै कार्यलयको नागरिक बडापत्रलाई अवधी भाषामा अनुवाद गरेर कार्यालय समअवधि भरी (१० बजेदेखि ५ बजेसम्म ) बजाउने कार्यको थालनी गरेको छ । स्थानीय जनताले बुझ्ने भाषामा नागरिक वडापत्र उलपब्ध गराउने यो नेपालमै पहिलो भएको छ ।

कपिलवस्तु जिल्ला वन कार्यालयका तत्कालिन जिल्ला वन अधिकृत राकेश कर्णले त्यो बेला उक्त कार्यक्रम स्थानीय सेवाग्राहीबिच निकै उपयोगी र लोकप्रिय भएको बताए ।

उनले भने “धेरै जसो मानिस कार्यालयमा धेरै टाढा टाढाबाट आउँथे, थकाइमार्थे अनि आफ्नो कुरा कसलाई कसरी सोधुं जस्तो भइरहेको हुन्थ्यो । यस्तो बेलामा आफ्नै भाषामा नजिकै बजिरहेको सुनेपछि सबै समस्या समाधान भएको जस्तो हुन्थ्यो ।”
उक्त क्षेका धेरै मानिस सरकारी भाषा नै नबुझ्ने समुदायबाट आउने भएकोले उनीहरुलाई सो अडिओ धेरै सुन्ने गरेको पनि उनले बताए ।

3rroy-ph-dfo-kapilvastu-sr1216

अडिओ बजिरहेको कोठामा कर्मचारीहरु काम गर्दै

2rroy-ph-dfo-kapilvastu-sr1216

जिल्ला वन कार्यालयको नागरिक बडापत्र

1rroy-ph-dfo-kapilvastu-sr1216

जिल्ला वन कार्यालय कपिलवस्तुको भवन