त्रिशुलीले तह लगाउन नसकेको फोहर


इसमता सिटिजन्स अडिट १

काठमाडौं, भदौ ११ । त्रिशुलीको किनारमा बसेको त्रिशुली बजार कुनैबेला व्यापारको लागि प्रख्यात थियो । यो वरिपरीका गाउँहरुका लागि मात्र होइन तिब्बतदेखिको सामान आउने एवं उच्च हिमाली भेगका आदिवासीहरु समेत जाडो याममा झर्ने ठाउँ थियो ।

आज त्यही ऐतिहासिक वस्तीले आफ्नो नाम भुलेछ, इतिहासको गौरव धमिल्याएको छ । विदुर नगरपालिकाको खोलाकिनारलाई बाक्लिँदै गएको बस्ती र नहुहिने सामानको प्रयोग गर्ने चलनका साथै जे पनि खोलामा फाल्ने नयाँ बानीले आक्रान्त पारेको छ ।

आन्तरिक पर्यटनका लागि आकर्षक केन्द्र बन्नसक्ने यस त्रिशुलीको किनारमा यसरी दिनहुँ फोहर फाल्नाले नदीको पानीको गुणस्तर, दृष्य प्रदुषण र वातावरणीय विनाश भोग्नु परिरहेको छ ।

सम्बन्धित निकायको ध्यान नगएकोले वा निकायले आफ्नो जिम्मेवारी वहन नगरेकोले बस्ती प्रवेश गर्ने ढोकैमा यस्तो दुर्ग्न्धित र आँखैमा घोच्ने दृष्य जस्तो देख्नु परेपनि कसैमाथि कारवाही भएको छैन । कारवाही गर्ने बितिकै त यस्ता विकृतिमा रोक लाग्दैन भने कसैले वास्ता नै नगरेपछि बेरोकतोक फोहर र शौचालयसम्मको फोहर पनि सिधै खोलमा मिसाए पछि तलका गाउँहरुमा समेत यसको असर कस्तो पर्नेहोला, त्यो सजिलै अनुमान गर्नसक्ने कुरा हो ।
काठमाडौंमा चलिरहेको बाग्मति सफाइ अभियानले केही मात्रामा भएपनि स्वच्छता फर्काएको हामीले देखेकै हो । यसको सन्दर्भमा पनि यस दृष्य धेरैलाई केही गर्ने मार्ग निर्देशनको स्रोत होस् ।

हाल जुन ठाउँलाई पनि नगरपालिका बनााउने होडबाजी चलेको छ । नगरपालिका बन्नु भनेको जनतासँग बिभिन्न बहानाका कर लिनेमात्र होइन, नगरको सुन्दरता बचाएर राख्ने तथा यहाँका यस्ता प्राकृतिक श्रोतको स्वच्छन्दता समेत कायम राख्ने हो भन्ने यहाँका स्थानीय निकाय र त्यहाँ कामगर्ने कर्मचारीले बुझुन् भन्ने मेरो धोको छ ।

२४ अप्रिलका दिन मेरोआँखाले देखेका केही दृष्यहरु आफ्नो क्यामरामार्फत पस्कने जर्मको गर्दैछु ।

 

trishuli_2

ph-rroy-trishuli-river-cover-at2716-800x500_c

ph-rroy-trishuli-river-domestic-pollution-at2116-5

ph-rroy-trishuli-river-domestic-pollution-at2116-3

(तस्बिर : डा. रवीन्द्र राय)