गगनप्रति गनगन


इसमता सिटिजन्स अडिट २

प्रस्तुत सामग्री गौरीघाटदेखि मित्रपार्कसम्मको छोटो दूरीमा इसमता क्यामराले कैद गरेका फोटाहरु हुन् । तस्बिरलाई अर्थ्याउन शब्द खर्चनु पर्दैन । भनिन्छ, एक तस्बिरले हजारभन्दा बढी शब्द बोल्छ । यस्तो लोकोक्तिका बाबजुद पनि केही सवालमा तस्बिर मौन छ यहाँ । किनकि यो क्षेत्र कोही बेला राष्ट्रपति विद्यादेवी भण्डारी र वर्तमान स्वास्थ्यमन्त्री गगन थापाको निर्वाचन क्षेत्रसमेत हो । त्यसैले अब मन्त्री हुनासाथ दौरासुरुवालमा ठाँटिएका गगनप्रति गनगन शुरु भएको छ । सडकको यो दूरवस्थाले काठमाडौं महानगरपालिका, सडक विभागलगायत राजस्व कार्यालयले कसरी कर पचाउन सके होलान् ? गौरीघाट टोल सुधार समितिले अब गगनप्रति हाईहाई मात्र गर्ने हो कि गनगन गर्न पनि थाल्ने हो, त्यो हेर्न बाँकी नै छ ।

rroy-ph-esamata-sr116-1

तस्बिर १
कालोपत्रे गरेको वर्षदिन कटेको छैन । कालोपत्रे गर्दा भ्रष्टाचार नभएको भनेर बटुवाहरु विश्वास गर्लान् ?

rroy-ph-esamata-sr116-3

प्रहरीका हाकिमहरुको महँगो गाडी नि यही हिलोमा गुड्ने र ? जनतालाई भए त ठिकै थिए ।

rroy-ph-esamata-sr116-4

अब दुई पाङ्ग्रेयात्रीहरु पोखरीमा पस्ने बेला भएजस्तो छ ।

rroy-ph-esamata-sr116-5

लाइसेन्स त लिएकै हुँ । तर, लाइसेन्सका लागि पुनः परीक्षा लिएजस्तो पो छ ।

rroy-ph-esamata-sr116-6

आस्थाको धरोहरः गजुर । खबरदारी गर्ने “खरिदार” छेवैमा । आस्थाप्रति अपमान पनि देख्नुपर्‍यो ईसमता क्यामराले  ।

rroy-ph-esamata-sr116-8-1

rroy-ph-esamata-sr116 (8)

बा.१ज. ४१०८ को उद्धारमा एक सर्वसाधारण, ट्राफिक प्रहरी साक्षी र रमितेको “रोल”मा ।

rroy-ph-esamata-sr116-9

गगनप्रति किन गनगन ? ठूलो टायर टाँसेर हाँक्नु नि । कसैलाई गनगन गर्दैमा समस्या सल्टिने हो र ? गाडी किन्दा तिरेको करको पछि हिसाब गरौला ।

तस्बिर : डा. रवीन्द्र राय

माथिका तस्बिरहरु र आलेख सेप्टेम्बर १का हुन् ।